२४ चैत्र २०८१, सोमबार

नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ जिल्ला कार्य समिति जाजरकोटको अध्यक्षमा विमल रोकाय

कर्णाली अपडेट

जाजरकोट । नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ जिल्ला कार्य समिति जाजरकोटको प्रथम अधिवेशन वाट अध्यक्षमा विमल रोकाय सर्वसम्मत चयन भएका छन् ।

काँग्रेस पार्टी कार्यालय जाजरकोटमा भएको अधिवेशनबाट अध्यक्ष सहित १९ सदस्सीय कार्यसमिति निर्माण भएको छ । जसमा उपाध्यक्षमा अमृत मल्ल, महिला उपाध्यक्षमा गीता बुढा, सचिव कृष्ण विक्रम शाह, सह सचिव वीरेन्द्र शाही, कोषाध्यक्ष, मोहनराज गिरी र सदस्य धर्मराज गिरी लगायतका रहनु भएको छ । त्यसै गरी अधिवेशनले केन्द्रीय महाधिवेशनका लागि ५ जना प्रतिनिधि छनौट गरेको छ, जसमा यज्ञ बहादुर बटाला, गणेश बहादुर विष्ट, लोकेन्द्र चन्द, इन्द्रा चन्द सिंह र निशानी बुढालाई छनौट गरेको हो । त्यसै गरी प्रदेश सभा क्षेत्र (ख) मा शीतल जङ्ग शाही को अध्यक्षतामा १९ सदस्सीय नयाँ समिति सर्वसम्मत गठन भएको छ ।

जसको उपाध्यक्षमा लक्ष्मी खत्री, महिला उपाध्यक्षमा सीता सिंह, सचिवमा योगेश वि.सी सह सचिवमा सगोल वि.सी कोषाध्यक्षमा दुर्गा शाही सदस्य धर्मराज चनारा लगायतका रहेका छन् । अधिवेशनले प्रदेश प्रतिनिधि पनि छनौट गरेको छ । जसमा शीतल जङ्ग शाही, धर्मराज चनारा, वीरेन्द्र शाही, दुर्गा शाही र खिमराज खत्रीलाई छनौट गरिएको नेपाली काँग्रेस पार्टी उप सभापति खड्क बिसीले जानकारी दिनुभयो । त्यसैसरि सुरेश के.सीको अध्यक्षतामा १९ सदस्सीय प्रदेश सभा क्षेत्रीय कार्य समिति गठन गरिएको छ । जसको उपाध्यक्षमा पदम बहादुर सिंह, महिला उपाध्यक्षमा मेनुका राणा, सचिवमा नवीन परियार, सह सचिवमा दीपेन्द्र रोकाया, कोषाध्यक्षमा पुण्या शाही लगायतका सदस्यहरू रहेका छन् ।

अधिवेशनले सुरेश केसी, धर्मराज ज्योति, सुजल रावल र रमेश रोकायालाई प्रदेश प्रतिनिधि पनि छनौट गरेको छ । अधिवेशनमा नेपाली काँग्रेस जाजरकोटका सभापति बेदराज सिंह, नेपाल लोकतान्त्रिक सङ्घ जाजरकोटका अध्यक्ष यज्ञ बहादुर बटाला, नेपाल लोकतान्त्रिक सङ्घका केन्द्रीय प्रतिनिधि शशिराम बुढा, पार्टी सचिव, हरिचन्द्र बस्नेत, तेजविक्रम शाह, लगायतको उपस्थिति रहेको थियो ।

२४ चैत्र २०८१, सोमबार १८:११ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्