३ फाल्गुन २०८२, आईतवार

सीता दाहालकाे निधनमा भारतीय प्रधानमन्त्री माेदीद्वारा दुःख व्यक्त

कर्णाली अपडेट

सीता दाहालकाे निधनमा भारतीय प्रधानमन्त्री माेदीद्वारा दुःख व्यक्त

भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालकाे निधनमा दुःख व्यक्त गर्नुभएकाे छ ।

भारतीय प्रधानमन्त्री माेदीले ट्वीट गर्दै सीता दाहालको निधन भएकाे खबरले मर्माहत भएकाे बताउनुभएकाे छ । माेदीले परिवारप्रति समवेदना प्रकट पनि गर्नुभएकाे छ ।

सीता दाहालको थापाथलीमा रहेकाे नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा ६९ वर्षको उमेरमा आज बिहान निधन भएको हो । दाहाल पार्किन्सन रोगका कारण लामो समयदेखि पीडित हुनुहुन्थ्यो । उहाँलाई स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो । दाहाल माओवादी केन्द्रको सल्लाहकारसमेत हुनुहुन्थ्यो ।

२७ असार २०८०, बुधबार १४:३९ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
news.karnaliupdate@gmail.com
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्