१२ श्रावण २०८१, शनिबार

कार्यदलको बैठक बस्दै

कर्णाली अपडेट

कार्यदलको बैठक बस्दै

काठमाडौं । सहकारी ठगी प्रकरण छानबिन गर्न बनाउने भनिएको संसदीय समितिको कार्यादेश तय गर्न गठित कार्यदलको बैठक आज बस्ने भएको छ । बैठक आज बिहान ९ बजेदेखि कानून मन्त्रालयमा बस्न लागेको हो ।

कानुनमन्त्री पदम गिरी संयोजक रहेको कार्यदलमा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार र रास्वपाका नेता शिशिर खनाल रहेका छन् । यस अघि पनि पटक पटक कार्यदलको बैठक बसेको भएपनि संसदीय छनबिन समितिको कार्यदेशमा सहमति हुन सकेको छैन । कार्यदेशमा सत्ता

पक्ष र प्रतिपक्षबीच उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्ने या नगर्ने भन्ने विषयमा प्रमुख विवाद रहेको छ ।

सोमबारको संसद बैठकपछि सत्ता पक्ष र प्रतिपक्षबीच ध्रुविकरण झन् बढेकाले कार्यादेशमा सहमति हुने सम्भावना कम देखिएको छ ।

८ जेष्ठ २०८१, मंगलवार ०८:३९ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्