१२ श्रावण २०८१, शनिबार

प्रमुख दलका शिर्ष नेताको छलफल बालुवाटारमा जारी

कर्णाली अपडेट

प्रमुख दलका शिर्ष नेताको छलफल बालुवाटारमा जारी

काठमाडौँ । प्रमुख दलका शीर्ष नेताहरूको बैठक  बालुवाटारमा सुरू भएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेस नेताहरू कृष्ण सिटौला, गगन थापा, रमेश लेखक, हितराज पाण्डे लगायत सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

बैठकमा संसदको अवरोध हटाउने, सहकारी ठगि प्रकरण छानबिन गर्न गठन गर्ने लागिएको संसदीय समितिको कार्यादेश लगायतका विषयमा छलफल हुने बताइएको छ । जेठ १५ गते अनिवार्य रुपमा बजेट ल्याउनुपर्ने संबैधानिक व्यवस्था रहेकोले संसद सुचारु गरेर बजेट ल्याउनुपर्ने दबाबमा सरकार रहेको छ ।

११ जेष्ठ २०८१, शुक्रबार १६:४६ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्