४ मंसिर २०८३, बिहीबार

जाजरकोटमा पहिरोले टहरा पुरिँदा ६० वर्षीया वृद्धाको मृत्यु, आमा–छोरीको सकुशल उद्धार

कर्णाली अपडेट

जाजरकोटमा पहिरोले टहरा पुरिँदा ६० वर्षीया वृद्धाको मृत्यु, आमा–छोरीको सकुशल उद्धार

जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–२, राङ्सीमा अविरल वर्षासँगै आएको पहिरोले अस्थायी टहरा पुर्दा एक वृद्धाको ज्यान गएको छ।
असार २८ गते राति अन्दाजी ८ बजेको समयमा माथिबाट खसेको पहिरोले टहरा च्याप्दा त्यहाँ बस्दै आएकी अन्दाजी ६० वर्षीया जयशिला शाहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक बुद्धि सागर पुरीले जानकारी दिनुभयो।
पहिरोमा परी टहरामा रहेका अन्य दुई जनाको भने सकुशल उद्धार गरिएको छ। मृत्यु हुने जयशिलाकी छोरी अन्दाजी ४० वर्षीया मेनुका शाह थापा र निजकी ७ वर्षीया छोरी (जयशिलाकी नातिनी) टिका थापालाई सुरक्षित रूपमा उद्धार गरिएको हो।

अविरल वर्षाका कारण माथिबाट खसेको ढिस्कोले उनीहरू बसिरहेको अस्थायी टहरालाई च्यापेको थियो। घटनाको जानकारी पाउनासाथ स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरिएको थियो।

२९ असार २०८३, सोमबार ०८:३४ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्