१२ श्रावण २०८१, शनिबार

अन्तरजातीय प्रेमकथामा फिल्म ‘श्रद्धा-सुमन’ बन्ने

कर्णाली अपडेट

अन्तरजातीय प्रेमकथामा फिल्म ‘श्रद्धा-सुमन’ बन्ने भएको छ । केडी प्रश्रितको लेखन तथा निर्देशनमा तयार हुन लागेको फिल्मको कार्यशाला तनहुँको बन्दीपुरमा सुरु भएको छ । निर्माताले बिहीबार फिल्मको टिजर पोस्टर सार्वजनिक गरेका छन् ।

केडी फिल्मस् प्रालिको पहिलो प्रस्तुतिको रुपमा निर्माण हुन लागेको यो फिल्मलाई अमरसिंह खातीले निर्माण गर्दैछन् । प्रस्तुतकर्तामा सोनिया नेपाली र सुप्रिया सिंह खाती छन् ।

यो फिल्ममा अधिकांश नयाँ कलाकारको अभिनय रहनेछ । फिल्ममा दीपक अधिकारी र आकांक्षा तामाङ शीर्ष भूमिकामा देखिंदैछन् । एक ब्राह्मण युवक र एक तामाङ युवतीबीचको प्रेमकथामा यो फिल्म बन्न लागेको निर्देशक प्रश्रितले जानकारी दिए ।

फिल्ममा दीपक र आकांक्षाको साथमा कमलमणि नेपाल, सुवर्ण बस्ताकोटी, सुरवीर पण्डित र विमल पौडेलको मुख्य भूमिका रहनेछ । यो फिल्ममा चिरञ्जीवी भण्डारीको संगीत र उत्सव दाहालको छायांकन रहनेछ ।

छायांकन भने भदौको १५ गतेबाट सुरु गर्ने निर्देशकले जानकारी दिए । यो फिल्मको छायांकन बन्दीपुर, चितवन र पोखरामा हुनेछ ।

२८ असार २०८०, बिहीबार १२:३६ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्