१२ श्रावण २०८१, शनिबार

अक्षय कुमार स्टारर ‘ओ माइ गड २’ को टिजर सार्वजनिक

कर्णाली अपडेट

बलिउड अभिनेता अक्षय कुमारको आगामी फिल्म ‘ओ माइ गड २’ को प्रतीक्षित टिजर रिलिज भएको छ । केही दिनअघि अक्षयले सामाजिक सञ्जाल एकाउन्टबाट फिल्मको केही झलक सार्वजनिक गरेका थिए ।

टिजरमा भनिएको छ– ‘परमेश्वर छ कि छैन भन्ने प्रमाण मानिसले आस्तिक वा नास्तिक भएर दिन सक्छ तर परमेश्वरले सृष्टि गर्नुभएका मानिसबीच कहिल्यै भेद गर्नुहुन्न । चाहे नास्तिक कान्जिलाल मेहता होस् वा आस्तिक शान्ति करण मुद्गल । अनि दुःख परेको बेला गरिएको पुकारले जहिले पनि आफूतिर तान्छ ।’

फिल्म रिलिज हुनु एक महिनाअघि नै टिजर सार्वजनिक भएको हो । यस फिल्मको टिजर सेयर गर्दै अक्षयले लेखेका छन्, ‘विश्वास राखौं । ओएमजी २ को टिजर आउट भएको छ ।’ उनले क्याप्सनमा यो फिल्म अगस्ट ११ मा रिलिज हुने बताएका छन् ।

सोमबार अक्षयले फिल्मको एक क्लिप सेयर गरेका थिए । उक्त भिडियोमा अक्षय शिवको अवतारमा देखिएका छन् । अक्षयको उक्त भिडियोमा दर्शकले उनलाई चेतावनी दिएका छन् । फिल्ममा सनातन धर्मसँग ठट्टा गरेको पटक्कै सहन नसक्ने चेतावनी दिइएको थियो । ‘ओ माइ गड २’ हलमा सन्नी देओल र अमिषा पटेलको ‘गदर २’सँग भिड्नेछ । यसमा अरुण गोविलले भगवान राम र गोविन्द नामदेवको भूमिका निर्वाह गरेका छन्, जो ओ माइ गडमा पनि देखा परेका थिए ।

२७ असार २०८०, बुधबार १२:३८ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्