१२ श्रावण २०८१, शनिबार

फेसबुकको मातृ कम्पनी मेटाले सञ्चालनमा ल्यायो थ्रेड्स एप

कर्णाली अपडेट

फेसबुकको मातृ कम्पनी मेटाले थ्रेड्स् एप सञ्चालनमा ल्याएको छ । मेटा फेसबुक र इन्स्टाग्रामको सञ्चालक कम्पनी हो । उसले थ्रेड्स् नामको नयाँ एप सञ्चालनमा ल्याएको छ । यो एपलाई ट्विटरको प्रतिस्पर्धी एपका रुपमा लिइएको छ ।

यो एपले ट्विटरमा आएको विभिन्न परिवर्तनका कारण असन्तुष्ट बनेका प्रयोगकर्ताहरुलाई आकर्षण गर्न सक्ने विज्ञले बताएका बीबीसीले उल्लेख गरेको छ । थ्रेड्स एप नेपालसहित एक सय वटा देशमा डाउनलोडका लागि उपलब्ध छ । तर नियमनको विषयका कारण युरोपियन युनियनका देशहरूमा एप अझै उपलब्ध भैसकेको छैन । यसमा प्रयोगकर्ताले पाँच सय अक्षरसम्मका पोस्टहरू गर्न सक्छन् । साथै अरू धेरै विशेषता ट्विटरसँग मिल्दाजुल्दा नै रहेका छन् ।

यो छुट्टै एप भए पनि प्रयोगकर्ताले आफूले प्रयोग गरिरहेको इन्स्टाग्राम खाताबाटै यसमा लगइन गर्न सक्नेछन् । यसमा ट्विटरमा जस्तै अरू प्रयोगकर्तालाई अनफलो, ब्लक र रिपोर्ट गर्न पनि सकिन्छ । इन्स्टाग्राममा ब्लक भएका खाताहरू थ्रेड्समा स्वतः ब्लक हुन्छन् । मेटाको थ्रेड्स् एप निःशुल्क रहेको जनाएको छ ।

२७ असार २०८०, बुधबार १२:४६ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्