१२ श्रावण २०८१, शनिबार

असारे र डोजरे विकास प्रवृत्ति अन्त्य गर्न सरकार प्रतिवद्ध छ : मन्त्री ज्वाला

कर्णाली अपडेट

k|ltlglw;ef a}7sdf dGqL Hjfnf sf7df8f}F,# c;f/M ef}lts k"jf{wf/ tyf oftfoftdGqL k|sfz Hjfnf ;ª3Lo ;+;b ejg gofFafg]Zj/df cfOtaf/ a;]sf] k|ltlglw;ef a}7snfO{ ;Daf]wg ug'{x'Fb} . tl:a/M ls/0f/fh lji6÷/f;;

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले डोजरे विकास प्रवृत्तिको अन्त्य गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

बिहीबार राष्ट्रियसभा बैठकमा बोल्दै मन्त्री ज्वालाले अध्ययनबिना डोजर चालकको भरमा सडक निर्माण हुँदा अनेकौँ प्राकृतिक विपत्ति भइरहेका भन्दै असारे र डोजरे विकास प्रवृत्ति अन्त्य गर्न सरकार प्रतिवद्ध रहेको बताए । उनले डोजरे विकासका कारण सयौँ बिगाहा खेतीयोग्य भूमि पुरिने र पुल तथा पूर्वाधारमा क्षति हुने गरेको बताए ।

“हामी असारे र डोजरे विकास प्रवृत्ति अन्त्य गर्न प्रतिवद्ध छौँ,” उनले भने, “राजधानी काठमाडौं र विभिन्न राजमार्गका खाल्डाखुल्डी मर्मत सम्भार गरेर यात्रुहरुलाई पीडा हुन नदिन मन्त्रालयअन्तर्गतका निकायहरुलाई निर्देशन दिइसकिएको छ ।”

विभिन्न राजमार्गमा रहेका खाल्डाखुल्डी पुर्नका लागि सम्बन्धित निकायलाई मन्त्रालयले निर्देशन दिएको भन्दै मन्त्री ज्वालाले सवारीचालक अनुमतिपत्र सेवाग्राहीलाई छिटोभन्दा छिटो उपलब्ध हुने व्यवस्था गरिने पनि बताए ।

“सवारीचालक अनुमतिपत्र सेवाग्राहीलाई छिटोभन्दा छिटो उपलब्ध हुने व्यवस्था गरिँदै छ । सवारीचालक अनुमतिपत्र नवीकरणको अवधि पाँच वर्षबाट बढाएर १० वर्ष बनाइएको छ,” उनले भने, “इम्बोस्ड नम्बर प्लेटमा प्रदेशको नाम नेपालीमा लेख्ने निर्णय भइसकेको छ ।”

नारायणघाट–मुग्लिन सडकखण्डमा पहिरोको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन समाधानमा उपाय खोजी गरी कार्यान्वयन गरिने उनले प्रतिवद्धता व्यक्त गरे । त्यस्तै, पृथ्वी राजमार्गको नौबिसे–काठमाडौं सडकखण्डको पनि विस्तार कार्य अगाडि बढाइरहेको उनले बताए ।

२८ असार २०८०, बिहीबार १५:३४ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्