१२ श्रावण २०८१, शनिबार

विवाहका लागि सिफारिस लिन पहिलाे पटक वडा कार्यालय पुगे ‘प्रेम जोडी’

कर्णाली अपडेट

जाजरकोट । विवाहका लागि सिफारिस लिन पहिलो पटक वडा कार्यालय पुगेको छ एक ‘प्रेम जोडी’ । जिल्लाको कुशे गाउँपालिका वडा नं— ९ ले उमेर पुगेका यूवायूवतिलाई विवाहका लागि वडाको सिफारिस अनिवार्य बनाएपछि त्यो जोडी वडा कार्यालयमा पुगेको हो ।

सोही वडाका जयबहादुर रोकायकी २३ बर्षिया छोरी विमला रोकाय र जुम्लाको पातारासी गाउँपालिका वडा नं ७ स्थित मैते सिंह थापाको २४ बर्षिया छोरा लालसिंह थापाले वैवाहिक बन्धनमा बाँधिनका लागि वडा कार्यालयको सिफारिस माग गरेको वडाध्यक्ष शिवराज गिरीले जानकारी दिए ।

‘उहाँहरुले विवाहका लागि सिफारिस माग गर्नुभएको रहेछ, उनले भने, ‘हामीले जन्मदर्ता र नागरिकता हेरेर विवाहका लागि उपयूक्त उमेर पुगेको देखि सिफारिस गरिदिएका छौं ।’ गत जेठ २९ गते बालविवाह न्यूनिकरणका लागि वडाले सिफारिस अनिवार्य बनाउने निर्णय गरेको थियो ।

वडाध्यक्ष गिरीले भने, ‘बढ्दै गएको बाल विवाहलाई मध्यनजर गरी यस वडाले न्यूनीकरणका लागि सम्पूर्ण टोल बस्तीहरूमा विवाहपूर्व वडाबाट सिफारिस लिई विवाह कार्य अगाडि बढाउन अनुरोध गरिरहेका छौं ।’

विवाहका लागि वडाबाट सिफारिस लिँदा उनीहरूको वास्तविक जन्म मिति थाहा हुने र बाल विवाह न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा वडाले लिएको वडाध्यक्ष गिरीले बताए । वडालाई बालमैत्री वडा घोषणा गरिएको छ । बालमैत्री वडाको दिगोपनका लागि विवाहका लागि उमेर पुगेका यूवायूवतीले वडा कार्यालय बाट अनिवार्य सिफारिस लिनुपर्ने नियम बनाईएको वडाध्यक्ष गिरीले बताए ।

जन्मदर्ता र नागरिकता साथमा ल्याई विवाहका लागि सिफारिस लिन सकिने छ । सोही बमोजिम वडामा पहिलो पटक सिफारिसका लागि एक जोडी आएको प्रति निकै खुशी लागेको वडाध्यक्ष गिरीले बताए ।

३० असार २०८०, शनिबार ११:१२ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्