६ जेष्ठ २०८१, आईतवार

एक बर्षमा जाजरकोट अदालतमा दुई सय ३९ वटा मुद्दा फछ्र्यौट

कर्णाली अपडेट

जाजरकोट । जिल्ला अदालत जाजरकोटले यस बर्ष २ सय ३९ वटा मुद्दा फछ्र्यौट गरेको छ । आर्थिक बर्ष २०७९-०८० मा २ सय ३९ वटा मुद्दा फछ्र्यौट गरेको हो । आर्थिक बर्ष २०७८-०७९ बाट जिम्मेवारी सरेर आएका ७३ वटा मध्य ६६ मुद्धा र आ.व. २०७९-०८० मा दर्ता भएका २ सय ५२ मध्ये ८३ मुद्दाको मुद्दा फछ्र्यौट गरेको जिल्ला अदातल जाजरकोटले जनाएको छ ।

अदालतका अनुसार आर्थिक बर्ष २०७८-०७९ बाट जिम्मेवारी सरेर आएका मुद्दाहरु मध्येका ७ र आर्थिक बर्ष २०७९-०८० मा दर्ता भएका मुद्दाहरु मध्येका ७९ मुद्दा गरि जम्मा ८६ वटा मुद्दा आर्थिक वर्ष २०८०-०८१ मा जिम्मेवारी सरेका छन् ।

जिल्ला अदालतमा दर्ता भएका मुद्दाहरु मध्ये सबैभन्दा सम्बन्ध बिच्छेद र सबैभन्दा कम नाताकायमका मुद्धाहरु दर्ता भएको जिल्ला अदालत जाजरकोटका सूचना अधिकारी सुशील आचार्यले बताए । उनले भने ‘आर्थिक बर्ष २०७९-०८० मा दर्ता भएका तथा जिम्मेवारी सरेर आएका ३ सय ३५ मुद्दाहरु मध्ये १ सय ४९ वटा मुद्दा सम्बन्ध बिच्छेदका रहेका छन् भने सबै भन्दा नाताकामका सम्बन्धि १ मुद्दा दर्ता भएको छ । दर्ता भएका १ सय ४९ वटा सम्बन्ध बिच्छेदका मुद्दाहरु अधिकाशं मुद्धा श्रीमतीले नै दर्ता गराएका छन् ।’

अघिल्लो आर्थिक बर्ष भन्दा यस आर्थिक बर्षमा धेरै मुद्दा जिम्मेवारी सरेर आउका छन् । विविध कारणले मुद्दाहरुको फैसला हुन गत आव भन्दा यस आवमा १३ थान बढी मुद्दा जिम्मेवारी सरेका छन् ।

अदालतबाट सोधिएका प्रश्नहरुको जवाफ अन्य कार्यालयहरुबाट समयमा नै जवाफ नआउनु तथा फौजदारी मुद्दामा प्रहरी कार्यालयबाट भौतिक सपूतको परिक्षण गरि प्रतिवेदन निर्माणमा ढिलाई हुनु जस्ता विविध कारण अघिल्लो आर्थिक बर्ष भन्दा यस आर्थिक बर्षमा बढि मुद्दा जिम्मेवारी सरेको सूचना अधिकारी आयार्चले जिकिर गरे ।

९ श्रावण २०८०, मंगलवार १३:४६ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्