७ जेष्ठ २०८१, सोमबार

सानी भेरीमा बेपत्ता भएका युवक मृत अवस्थामा जाजरकोटमा फेला

कर्णाली अपडेट

जाजरकोट । गत साउन ७ गते सानो भेरी नदीमा बेपत्ता भएका रुकुम पुर्व सिस्ने गाँउपालिका ८ भुरुवा घर भएका ३८ बर्षिय छविलाल पुन मृत अवस्थामा फेला परेका छन् ।

एक जना गाँउलेको निधन भएपछि मलामी गएका पुन पौडी खेल्ने क्रममा गत आइतवार भुरुवा स्थित सानो भेरी नदीमा बेपत्ता भएका थिए । बेपत्ता पुन मंगलबार जाजरकोट भेरी नगरपालिका १ कालेगाँउ नजिक भेरी नदीको किनारमा मृत अवस्थामा फेला परेको जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्माले बताए ।

रुकुम पश्चिम र जाजरकोट जोड्ने कालेगाँउ स्थित भेरी पुल नजिकै वेवारिसे लास रहेको स्थानियको सुचनाका आधारमा प्रहरीले लास निकालेको थियो । लासको पोष्र्टमार्टमका लागि जिल्ला अस्पताल जाजरकोट ल्याईएको छ । मृतकका आफन्तले वेवारिसे लास छविलालकै भएको पुष्टि गरेको प्रहरीले जनाएको छ ।

१० श्रावण २०८०, बुधबार १३:२८ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्