६ जेष्ठ २०८१, आईतवार

कुशेमा एक बालिका बलात्कृत

कर्णाली अपडेट

जाजरकाेट । जाजरकोटमा एक जना बालिका बलात्कृत भएकी छन् । जिल्लाकै कुशे गाउँपालिका वडा नं ८ का ३० वर्षीय दीपक रोकायले बालिकाको घरमा कोही नभएको मौका छोपी बलात्कार गरेको घटना सार्वजिनक भएको हो । बालिकाका बुवा गोठालो गएको र आमा उपचारका लागि भारत रहेका बेला साउन ६ गते राति बालिकामाथि बलात्कार भएको बालिकाका आफन्तले बताएका छन् ।

बालिकाका दाइ नाता पर्नेका अनुसार घटना मिलापत्रका लागि बालिकाको परिवारलाई चौतर्फी दबाब आइरहेको छ । घटना भएको ३ दिनपछि प्रहरीले मुद्दा गर्दा गरे पनि घटनाबारे चासो नदेखाएको उनले गुनासो गरेका छन् । उनले भने, ‘सुरुमा घटना भएपछि बालिकाका बुवालाई बलात्कार गर्ने पुरुषको आमाले तिलहरी दिएर बिहे गर्ने आश्वासन दिइन् । बालिकाका बुवाले नमानेपछि ३ लाख जति पैसा लिएर पनि आएका थिए ।

सँगै बालिकालाई ई–कोन (आकस्मिक गर्भनिरोधक चक्की) खुवाउनु भनेको भिडियो पनि सार्वजिक भएको छ । ’बालिकाका बुवालाई जिल्ला प्रहरी कार्यालयबाट फोन गरेर एक प्रहरीले डाक्टरले इकोन खुवाउनु भनेका छन्,’ भनिएको छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डिएसपी सन्तोष रोकाले बालिका बलात्कारको जाहेरी आएपछि दर्ता भएर घटनाबारे थप अनुसन्धान भइरहेको बताए । उनका अनुसार २ जनालाई पक्राउ पुर्जी पनि जारी भएको छ । उनीहरु अहिलेसम्म पक्राउ भने परेका छैनन् । प्रहरी खटिएर खोजी गरिरहेको उनले बताए ।

प्रहरीले ई–कोन खानु भनेको बारे भने आफूलाई जानकारी नभएको डिएसपी रोकाले बताए ।

१४ श्रावण २०८०, आईतवार १६:५४ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्