६ जेष्ठ २०८१, आईतवार

चौरजहारी बाटै सवारी लाइसेन्स वितरण सुरु

कर्णाली अपडेट

जाजरकोट । रुकुम पश्चिमको चौरजहारीबाट सवारी चालक अनुमति पत्र जारी प्रक्रियाको सुभारम्भ भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज एक कार्यक्रमका विच चौरजहारी यातायात व्यवस्था सेवा कार्यालयबाट लाइसेन्स जारी प्रक्रियाको सुभारम्भ गर्नुभएको हो । यो संगै आजबाट वायोमेट्रिङ सुरु भएको छ । पहिलो सेवाग्राहीका रुपमा आठबीसकोट नगरपालिकाका सुदिप ओलीको वायोमेट्रिक भएसंगै चौरजहारीबाटै लाइसेन्स वितरणको प्रक्रिया सुभारम्भ भएको हो ।
लाइसेन्सका लागि साउन २ गते देखि अनलाइन फारम खुला भएको थियो । अनलाइन फारम भरेकाहरुको आजबाट बायोमेट्रिक सुरु भएको हो । अव हप्तामा चार दिन आइतबार, सोमबार, मंगलबार र बुधबार बायोमेट्रिक हुने यातायात व्यवस्था सेवा कार्यालय चौरजहारीका प्रमुख आनन्द चपाईले जानकारी दिनुभयो । वायोमेट्रिक पछि लिखित परीक्षा संचालन हुने र त्यसपछि ट्रायल हुने उहाँको भनाई छ । अहिलेलाई ट्रायल सेन्टर भाडामा लिइएको छ । अब चौरजहारीबाटै मोटरसाइकल, कार, जिप, भ्यान, स्कुटर र अटो रिक्साको लाइसेन्स पाइने छ ।

कार्यालयले उद्घाटन भएको साढे ३ वर्षपछि गत फागुन २१ गतेबाट सेवा सुरु गरेको थियो । २०७६ साल भदौ १२ गते चौरजहारीमा यातायात व्यवस्था सेवा कार्यालयको शाखा उद्घाटन गरिएको थियो । कर्मचारी अभाव लगायतका कारण देखाउदै उद्घाटन भएको साढे ३ वर्षसम्म कार्यालय अलपत्र परेको थियो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले गत फागुन २१ गते सेवाको उद्घाटन गरेसंगै कार्यालयले हालसम्म सवारी दर्ता, नामसारी, कर असुल, ब्लुबुक नविकरण, लाइसेन्स नविकरण, रुट परमिट जारी, सवारी जाँचपास लगायतका सेवा दिइरहेको थियो । अव भने सवारी चालक अनुमति पत्र जारी थपिएको छ ।

१४ श्रावण २०८०, आईतवार १७:२३ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्