६ जेष्ठ २०८१, आईतवार

एकीकृत वस्ती विकास कार्यक्रम अन्तर्गत बारेकोटमा ६० वटा नयाँ घर बने !

कर्णाली अपडेट

जाजरकोट । एकीकृत वस्ती विकास कार्यक्रम अन्तर्गत बारेकोटमा ६० वटा नयाँ घर बनेका छन् । आ.व. २०७९÷०८० मा ६० वटा नयाँ घर बनेको गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले बताए । कर्णाली प्रदेश सरकारको शसर्त अनुदान मार्फत वडा नं ४ र ५ मा नयाँ घर बनाईएको अध्यक्ष गिरीले बताए । पहिरोको उच्च जोखिममा रहेका जिरी, भैलुखाना, कालाखोली र तोल्खानामा घर बनाईएको छ ।

गाउँपालिका भित्र छरिएर रहेका बाढी, पहिरोका लगायत प्राकृतिक विपदको उच्च जोखिममा रहेका वस्तीहरुमा एकीकृत वस्ती विकास कार्यक्रमले निरन्तता पाउने अध्यक्ष गिरीले बताए । बारेकोट गाउँपालिका पहिरोको उच्च जोखिममा रहेको छ । नागरिकलाई आवासको हकको अनुभुती गर्न एकीकृत वस्ती निर्माण कार्यक्रमले निरन्तरता पाउनुपर्ने अध्यक्ष गिरीले अपेक्षा व्यक्त गरे । नयाँ घर र सुुरक्षित ठाउँमा घर बनेपछि बारेकोट बासी निकै हर्षित भएका छन् ।

१५ श्रावण २०८०, सोमबार १४:११ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्