६ जेष्ठ २०८१, आईतवार

जाजरकोट अस्पतालमा पहिलो पटक थाइराइडको उपचार सेवा सुरु

कर्णाली अपडेट

जाजरकोट । जिल्ला अस्पताल जाजरकोटमा पहिलो पटक थाइराइडको उपचार सेवा सुरु गरिएको छ । मंगलबार देखि औपचारिक रुपमा सेवा प्रवाह सुरु गरिएको हो । अस्पतालले सेवा सुरु गरेसँगै थाइराइडको उपचारका लागि लागि विरामीहरु बाहिर जानु नपर्ने जिल्ला अस्पताल जाजरकोटकी प्रमुख डा. प्रतिक्षा भारतीले जानकारी दिईन् ।

अत्याधुनिक सेवा विस्तारको क्रम सँगै उपचारको अभावका समस्या झेल्दै आएका विरामीलाई लक्षित गरी केही अघि थन्किएको थाइराइड रर बायोमेट्रिक मेसिन जडान गरिएको डा. भारतीले बताईन् ।

जिल्लामा लामो समयदेखि थाइराइडको परीक्षण गराईरहेको विरामी निकै खुशी भएका भएका छन् । ५० शैयाँको जिल्ला अस्पताल बनेपछि आवश्यक उपकरण र दक्ष जनशक्ति अभावले समस्या भएपनि अस्पताल भवन नयाँ बनेपछि सेवा प्रवाह विस्तारको तयारी गरिएको अस्पताल विकास समिति जाजरकोटका अध्यक्ष डम्बर सिंहले बताए ।

हालसालै भवन हस्तान्तरण भएकोले सेवा प्रवाहका लागि आवश्यक तयारी भईरहेको अध्यक्ष सिंहले बताए । थाइराइडको सेवा हरेक मंगलबार र विहीबार सुचारु हुनेछ । धेरै विरामीहरु आए सेवा प्रवाहका दिनहरु थपिने अध्यक्ष सिंहले बताए ।

३० श्रावण २०८०, मंगलवार १७:२७ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्