१९ मंसिर २०८२, बिहीबार

डोल्पाबाट ५ क्विन्टलभन्दा बढी यार्सागुम्बा निकासी

सराेज थापा

डाेल्पा । आर्थिक वर्ष ०७९/८० मा डोल्पाबाट ५ क्विन्टलभन्दा बढी जडीबुटी यार्सागुम्बा निकासी भएको छ।

५ क्विन्टल ८५ किलो यार्सागुम्बा जिल्लाबाहिर निकासी भएको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालय डोल्पाले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ।

शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज सुलिगाडका संरक्षण अधिकृत लालबहादुर भण्डारीका अनुसार आर्थिक वर्ष ०७९/८० मा जरिवानालगायत विविधबाट ३ लाख ६० हजार ३७३ रुपैयाँ, जडीबुटी र पर्यटनबाट २ करोड २४ हजार २६९ रुपैयाँ गरी जम्मा २ करोड ३ लाख ८४ हजार ६४२ रुपैयाँ निकुन्जले राजश्व उठाएको छ।

अघिल्लो वर्षभन्दा यो आर्थिक वर्षमा ३५ प्रतिशत राजश्व बढी उठेको भण्डारीले बताए। निकुन्जले २४२ केजी यार्सागुम्बाको मात्र निकासीको अनुमति दिएको छ।

डिभिजन वन कार्यालयले ३४३ केजी २५५ ग्राम यार्सागुम्बाको छोडपुर्जीबापत १ करोड ६४ लाख ८९५ रुपैयाँ उठाएको छ।

सेतक चिनी‚ कुटिक‚ पदमचाल‚ गुच्ची च्याउलगायतका अन्य जडीबुटीको छोडपुर्जीबाट ६ लाख ३९ हजार ५५५ रुपैयाँ गरी कुल १ करोड १२ लाख ८० हजार ४४७ रुपैयाँ राजस्व आम्दानी भएको वन अधिकृत महेश कुमाईंले जानकारी दिए। सरकारले एक केजी यार्सागुम्बाको राजस्व ३१ हजार रुपैयाँ तोकेको छ।

३१ श्रावण २०८०, बुधबार २०:३७ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
news.karnaliupdate@gmail.com
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्