१२ श्रावण २०८१, शनिबार

स्पोन्सरसिप कार्यक्रमको अनुगमन संम्पन्न

कर्णाली अपडेट

जाजरकोट । पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोट र वल्र्ड भिजन नेपालबाट संचालन भएको स्पोन्सरसिप कार्यक्रमको अनुगमन संम्पन्न भएको छ । जिल्लाको भेरी नगरपालिका वडा नं.८ मा पालिकास्तरको अनुगमन सम्पन्न भएको हो ।

भेरी नगरपालिकाकि उप प्रमुख सिता जैशीको संयोजकत्वमा अनुमनग गरिएको होे । अुनगमनका क्रममा कार्यक्रम क्षेत्रमा अति जोखिममा रहेका बालबालिकाहरुको अवस्था, कार्यक्रम लागु भएका विद्यालयमा शैक्षिक गुणस्तरको अवस्था, समुदायस्तरमा संचालन गरिएको हिंसा रहित सकारात्मक अविभावक कक्षा लगाएतका कार्यक्रमको अनुगमन तथा मुल्याङ्कन गरिएको थियो ।

स्पोन्सरसिप कार्यक्रमले सामुदायिक विद्यालयहरुमा विभिन्न शैक्षिक सामाग्री सहित कार्पेट, पिफर्म, चकटी र राउन्ड टेबुल लगाएतका सामाग्रीहरु सहयोग गरिएको कार्यक्रम संयोजक बिरेन्द्र कुमार थारुले बताए । यस बाट विद्यालयको शैक्षिक गुणस्तरमा थप टेवा पुगेको पनि संयोजक थारुले बताए ।

बिद्यालयसँगै समुदायमा हरेक शनिबार पढाई सिविर संचालन हुने गरेको छ । जसमा कक्षा १ देखी कक्षा ३ सम्मका बालबालिकाहरु सहभागीहुने गर्छन । ९० मिनेट संचालनहुने कक्षामा २० देखी २५ बालबालिकाहरु सहभागी हुन्छन् । जसमा बालबालिकाहरुले विद्यालयको अतिरिक्त थप ज्ञान हाँसिल गर्ने गरेका छन् । त्यस्तै अविभावका लागि हिसां रहित सकरात्मक कक्षाहरु हरेक हप्तामा एक पटक संचालन हुने गरेको छ । जसबाट अविभावकहरुको चेतनामा वृद्धि हुनुका साथैं दैनिक क्रियाकलापमा सहज भएको सहभागी अविभावक वताउछन् ।

अनुगमन कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख काली बहादुर खत्री, भेरी नगरपालिका ८ का वडा अध्यक्ष विर बहादुर चन्द, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख रमेश मल्ल, भेरी नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख विपना पौडेल, पाँचतारा युवा संरक्षक मञ्चकी कोषाध्यक्ष पद्मा रोकाय लगाएतको उपस्थिति रहेको थियो ।

३२ श्रावण २०८०, बिहीबार १४:३४ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्