२७ बैशाख २०८१, बिहीबार

ललिता निवास प्रकरणमा थप एक जना पक्राउ

चावहिल क्षेत्रबाट पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युराे (सीआईबी) ले जनाएको छ ।

कर्णाली अपडेट

बालुवाटारमा रहेकाे ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।

समरजंग कम्पनीका तत्कालीन सहलेखापाल विनोद पौडेललाई काठमाण्डाैकाे चावहिल क्षेत्रबाट पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युराे (सीआईबी) ले जनाएको छ । यसअघि यही कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे र रमेशकुमार पोखरेल पक्राउ परिसकेका छन् ।

ललिता निवासको एक सय ४३ रोपनी जग्गाको जग्गाधनी गृह मन्त्रालय मातहतको समरजंग कम्पनी थियो । तर दर्ता स्रेस्ता सच्याएर यो जग्गा विभिन्न गुठी र व्यक्तिको नाममा नामसारी गरेर अनियमितता गरेको प्रहरीको दाबी छ ।

२७ असार २०८०, बुधबार १७:३७ मा प्रकाशित
Nabintech