१२ श्रावण २०८१, शनिबार

अख्तियारको टोलीमाथि आक्रमण गर्ने तीन जना पक्राउ

कर्णाली अपडेट

जाजरकाेट । अनुगमनका क्रममा जाजरकोट पुगेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीमाथि आक्रमण गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भेरी नगरपालिका–५ को निर्माणाधीन वडा कार्यालयको भवन अनुगमन गर्न पुगेको अख्तियारको टोलीसँग नापजाँचको कुरा नमिल्दा स्थानीय युवाहरुले आक्रमण गरेका हुन् । घटनामा संलग्न सोही ठाउँका २४ वर्षीय वीरेन्द्र चन्द, किरण शाही, चक्रबहादुर मल्ललाई पक्राउ गरिएको छ ।

आक्रमणबाट अख्तियार कार्यालय सुर्खेतका सवारी चालक वीरेन्द्रनगर-११ का मानबहादुर ठाडामगर घाइते भएका छन् । उनको हाल स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा उपचार भइरहेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका सूचना अधिकारी विष्णु न्यौपानेका अुनसार भवन निर्माणमा अनियमितता भएको विषयमा अख्तियारको टोलीले आवश्यक कागजातहरू जाँच गरिरहेको अवस्थामा एक्कासी आक्रमण भएको बताए । उनले मदिरा सेवन गरेर आएका टोलीले हातपात गरेको बताए ।

२३ भाद्र २०८०, शनिबार २०:२९ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्