१२ श्रावण २०८१, शनिबार

संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन

कर्णाली अपडेट

काठमाडौं । संविधानसभाका अध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधन भएको छ । हृदयघातका कारण गएराति त्रिवि शिक्षण अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले नेम्वाङको निधन भइसकेको जानकारी दिएका थिए ।

काठमाडौंको बालुवाटारस्थित आफ्नै निवासमा हृदयघात भएपछि अस्पताल पुर्‍याउँदा चिकित्सकले निधन भइसकेको जानकारी दिएका थिए ।

नेकपा एमालेका उपाध्यक्ष समेत रहेका नेम्वाङको पार्थिव शरिर अहिले त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

उनको निधनको खबरपछि प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु शिक्षण अस्पताल पुगेका थिए । नेम्बाङ २०६४ साल र २०७० सालको दुवै संविधानसभाका अध्यक्ष थिए । उनी हाल इलाम-२ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद हुन् ।

नेम्वाङको पार्थिव शरिरलाई श्रद्धाञ्जलीका लागि केहीबेरमा एमाले पार्टी कार्यालय च्यासलमा राखिने एमाले नेता शेरबहादुर तामाङले जानकारी दिए । १२ बजेपछि श्रद्धाञ्जलीको कार्यक्रम राख्ने एमालेको तयारी छ । नेम्वाङका दुई छोरा विदेशमा रहेकाले उनीहरू आएपछि मात्र अन्त्येष्टि गरिने एमालेले जनाएको छ ।

२६ भाद्र २०८०, मंगलवार ०७:१५ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्