६ जेष्ठ २०८१, आईतवार

भेरी र नलगाडका ५ सय बढी बालबालिकालाइ शैक्षिक सामाग्री हस्तान्तरण

कर्णाली अपडेट

शैक्षिक सामाग्री हस्तान्तरण गर्दै संस्थाका अध्यक्ष छवि पन्त ।

जाजरकोट । जिल्लाको भेरी नगरपालिकामा पाँचतारा युवा संरक्षक मञ्चले जोखिममा रहेका २ सय ३९ जना स्कुले बालबालिकालाई झोला सहित शैक्षिक सामग्री वितरण गरेको छ । वल्र्ड भिजन ईन्टरनेशलन सँगको साझेदारीमा पाँचतारा युवा संरक्षक मञ्च जाजरकोट द्धारा संचालित एसिसमेन्ट एण्ड डिजाईन परियोजना मार्फत शैक्षिक सामग्री सहयोग गरिएको हो ।
स्पोन्सरसिप कार्यक्रममा दर्ता भएका र जोखिममा परेका बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरिएको पाँचतारा युवा संरक्षक मञ्चका अध्यक्ष छवि पन्तले बताए । भेरी नगरपालिकाको वडा नं ७ र ८ का २ सय ३९ विद्यार्थीलाइ शैक्षिक सामग्रीहरु हस्तान्तरण गरिएको हो । प्रति विद्यार्थी एक झोला, एक दर्जन कपी, एक दर्जन कमल, एक दर्जन पेन्सिल, १० थान कटर, १० थान ईरेजर लगायतका शैक्षिक सामग्री हस्तान्तरण गरेको अध्यक्ष पन्तले बताए ।
यो भन्दा अघि पनि जिल्लाको नलगाड नगरपालिकाका विभिन्न वडाहरुका ३ सय ५० जना जोखिममा रहेका बालबालिकालाइ शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ । शैक्षिक सामग्री सहयोगले विपन्न बालबालिकाहरुको पठनपाठनमा सहयोग पुगेको अध्यक्ष पन्तले बताए । हाम्रो सानो सहयोगले बिद्यार्थीहरुको पढाई नियमिततामा सहयोगी बन्ने बिस्वास लिएका छौ अध्यक्ष पन्तले भने । शैक्षिक सामग्री वितरण कार्यक्रममा स्थानीय जनप्रतिनिधीहरुको समेत सहभागिता रहेको थियो ।

२६ भाद्र २०८०, मंगलवार १३:४६ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्