१२ श्रावण २०८१, शनिबार

जाजरकोटमा सिंचाइ तथा नदी ब्यवस्थापन आयोजना कार्यालय स्थापना

कर्णाली अपडेट

जाजरकाेट । कर्णाली प्रदेशका १० ओटै जिल्लामा काम गर्ने गरि सिंचाइ तथा नदी ब्यवस्थापन आयोजना कार्यालय जाजरकोटमा स्थापना गरिएको छ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले आइतवार एक कार्यक्रमका विच जाजरकोट खलंगामा उक्त कार्यालयको उद्घाटन गरेका हुन् ।

ललितपुरमा रहेको यो आयोजनालाई मन्त्री बस्नेतले कर्णाली प्रदेशका सवै जिल्ला हेर्ने गरि जाजरकोटमा स्थानान्तरण गरेका हुन् । काम विहिन जस्तै अवस्थामा रहेको उक्त आयोजना कार्यालयलाई मन्त्री बस्नेतको पहलमा मन्त्रीपरिषदको निर्णयबाट जाजरकोट सारेका हुन् । भेरी नगरपालिका ४ खलंगामा स्थापना गरिएको सो कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले कर्णाली प्रदेशमा सिंचाई सुविधा पुरयाउन, ठुला साना नदीको ब्यवस्थापनमा क्षेत्रगत रुपमा काम गर्ने बताए । सिंचाई सुविधा नपुगेका कर्णालीका नदी आसपास र अन्य बाँझा जमिनमा सिंचाई सुविधा पुरयाई उत्पादकत्व बृद्धि गर्ने गरी काम अघि बढाउन आयोजना कार्यालयलाई निर्देशन दिए । उनले कृषि मन्त्रालय संग समन्वय गरेर सिंचाई र उत्पादनको क्षेत्रमा काम गर्ने गरि तयारी गरिएको बताए ।

कार्यक्रममा संघिय प्रतिनिधी सभा सदस्य मैना कार्की रावल, पुर्व मन्त्री सत्या पहाडी, कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंह, भेरी नगरपालिकाका नगरप्रमुख सिपी घर्ती, प्रमुख जिल्ला अधिकारी सुरेश सुनार लगायतले कर्णालीको समग्र विकासमा आयोजना कोसे ढुङ्गा सावित हुने बताए । दुर्गम जाजरकोटमा प्रदेशभरी हेर्ने गरि कार्यालय स्थापना हुनु जिल्लाको लागि गौरबको कुरा भएको बक्ताहरुको भनाई थियो । कार्यालय प्रमुख कृष्ण डुम्राकोटीले सरकारले दिएको निर्देशन, कार्यालयको कार्यक्षेत्र र बजेटको सिमा भित्र रहेर काम गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।

१४ आश्विन २०८०, आईतवार १६:५८ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्