१२ श्रावण २०८१, शनिबार

जिल्ला स्तरीय प्रगति समिक्षामा नलगाड पहिलो

कर्णाली अपडेट

जाजरकोट । जिल्ला स्तरीय प्रगति समिक्षामा नलगाड नगरपालिका प्रथम भएको छ । जिल्ला समन्वय समिति जाजरकोटको आयोजनामा भएको प्रगति समिक्षामा नलगाड नगरपालिका प्रथम भएको हो ।

जिल्लाका सात वटै स्थानीय तह मध्ये नलगाड नगरपालिकाले आ.व. २०७९÷०८० को स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन र स्थानीय तह र वित्तिय सुशासन जोखिम मुल्यांकनमा सबै स्थानीय तह भन्दा उल्लेखनीय प्रगति गरेको जिल्ला समन्वय समिति जाजरकोटका सदस्य खड्क विसीले जानकारी दिए ।

 

१५ आश्विन २०८०, सोमबार ११:५० मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्