१२ श्रावण २०८१, शनिबार

अरिङ्गालको टोकाईबाट दुई बालिकाको मृत्यु

कर्णाली अपडेट

जाजरकोट । अरिङ्गालको टोकाइबाट कुशे – १ धाउनीमा दुई जना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा धाउनीका बीरबहादुर सिंहकी दुई छोरीहरु ९ महिनाकी निर्जला सिंह र ३ वर्षीया सुस्मिता सिंह रहेका छन् ।

टालेगाउँ स्वास्थ्य चौकीका प्रमुख शेरबहादुर बस्नेतका अनुसार अरिङ्गालको टोकाइबाट घाइते भएकी सुस्मिताको आइतबार बेलुकी ९ बजे नै मृत्यु भएको हो भने निर्जलाको उपचारका लागि छेडागाड नगरपालिकाको थलहमा लैजाने क्रममा सोमबार बिहान बाटोमै ज्यान गएको हो । बालिका सहित गोठालो गएको समयमा हजुरआमा बिजुली सिंहलाई पनि अरिङ्गालले टोकेको थियो । टोकाईबाट उनी पनि गम्भीर घाईते भएकी छन् ।

२३ आश्विन २०८०, मंगलवार १२:४० मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्