६ माघ २०८२, सोमबार

सुत्केरी महिलाको हेलिकप्टरबाट उद्वार

कर्णाली अपडेट

जाजरकोट । सुत्केरी भएर स्वास्थ्य अवस्था जटिल हुदै जाँदा बारेकोट गाउँपालिका-६ की १८ वर्षीया सपना बस्नेतलाई रुकुम पश्चिमको चौरजहारी अस्पतालबाट उद्धार गरि सुर्खेत प्रदेश अस्पतालमा लिइएको छ ।
बारेकोट गाउँपालिकाको लिम्सा स्थित स्वास्थ्य संस्थामा उपचार नभएपछि उनलाई रुकुम पश्चिमको चौरजहारी अस्पतालमा लगिएको थियाे । सुत्केरी बेथा लागेर गम्भिर भएकी बस्नेतले मृत बच्चाको जन्म दिएपनि आमाको स्वास्थ्य अवस्था समेत जटिल भएपछि गाउँपालिकाको समन्वयमा राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरि प्रदेश अस्पतालमा लिइएको छ ।
चौरजहारी अस्पतालले बिरामीको साथमा एक जना डाक्टर समेत पठाएको अस्पतालका प्रशासक दिलबहादुर गिरीले बताए ।

२५ आश्विन २०८०, बिहीबार १४:२३ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
news.karnaliupdate@gmail.com
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्