१२ श्रावण २०८१, शनिबार

शेयर बजार २५ अङ्कले बढ्यो, ३ अर्ब १८ करोड रुपैयाँको कारोबार

कर्णाली अपडेट

हिजो मङ्गलवार साढे चार अङ्कले घटेको शेयर बजार आज बुधवार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २५ दशमलव ३१ अङ्कले बढेर दुई हजार ९७ दशमलव ५५ विन्दुमा पुगेको छ ।

आज फाइनान्स र होटलबाहेक अरू सबै समूहको शेयर बढेकोमा जलविद्युत् समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज शिवश्री हाइड्रो, सीवाईसी नेपाल लघुवित्त, रिभर फल्स पावर, शुभम् पावर, लक्ष्मी इक्युटी फन्ड र एनआईसी एसिया फन्डकाे शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज रावा इनर्जी कम्पनीको शेयर १० प्रतिशतले घटेको छ ।

हिजो दुई अर्ब ८५ करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज ८५ लाख चार हजार कित्ता शेयर तीन अर्ब १८ करोड ७६ लाख रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको ३३ करोड ९३ लाख रुपैयाँको शेयर किनबेच भयो ।

२७ असार २०८०, बुधबार १७:१५ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्