१२ श्रावण २०८१, शनिबार

भूकम्पबाट जाजरकोटमा मात्रै ३ हजार ६ सय ५० घरमा क्षति

कर्णाली अपडेट

जाजरकाेट । शुक्रबार राति भएको भूकम्पबाट जाजरकोटमा मात्रै ३ हजार ६ सय ५० घरमा क्षति पुगेको छ ।

जिल्ला प्रशासन कार्यालय जाजरकोटको प्रारम्भिक तथ्यांकअनुसार भूकम्पका कारण ९ सय ५ घर पूर्णरुपले क्षतिग्रस्त भएका छन् भने २ हजार ७ सय ४५ घरमा आंशिक क्षति पुगेको छ ।

प्रमुख जिल्ला अधिकारी सुरेश सुनारका अनुसार भूकम्पका कारण सबैभन्दा धेरै भेरी नगरपालिकामा ३ सय ४४ वटा घर पूर्णरुपले क्षतिग्रस्त भएका छन् । नलगाड नगरपालिकामा २ सय, छेडागाडमा १ सय,  कुशे गाउँपालिकामा ९५, बारेकोट गाउँपालिकामा १ सय ६०, शिवालय गाउँपालिकामा १ र जुनिचाँदे गाउँपालिकामा ५ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।

भूकम्पका कारण जाजरकोटमा मात्रै १ सय ५ जनाको मृत्यु भएको छ । मृतकमध्ये सबैभन्दा धेरै नलगाड नगरपालिकाका छन् ।

प्रमुख जिल्ला अधिकारी सुनारका अनुसार नलगाड नगरपालिकाका मात्रै ५५ जनाको मृत्यु भएको छ । नलगाडकै चिउरी गाउँका १३ जनाको मृत्यु भएको छ । जसमा ४ महिला, ५ बालबालिका र ४ पुरुष छन् ।

एक सय ९८ घरधुरी भएको चिउरीगाउँ दलित बस्ती हो । शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो

१९ कार्तिक २०८०, आईतवार २०:३० मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्