१२ श्रावण २०८१, शनिबार

एक सय ५७ वटै शव आफन्तले बुझे, एक सय ४६ जना डिस्चार्ज

कर्णाली अपडेट

जाजरकोट । जाजरकोट र रुकुम पश्चिम लगायतका विभिन्न जिल्लामा आएको भूकम्पमा परी ज्यान गुमाएका एक सय ५७ वटा शव आफन्तले बुझेका छन् । गृह मन्त्रालयका अनुसार जाजरकोटमा महिला ७२ र पुरुष ३३ जना गरी एक सय पाँच जना र रुकुम पश्चिमका महिला २७ र पुरुष २५ गरी ५२ जनाले भूकम्पमा परी ज्यान गुमाए । घाइते भई भेरी अस्पतालमा उपचाररत जाजरकोटका थप एक जनाको आइतबार निधन भएको छ ।

मन्त्रालयका अनुसार घाइते हुनेमा जाजरकोटका ६८, रुकुम पश्चिमका ७०, जुम्लाका दुई, सल्यानका एक, प्युठानका दुई र बैतडीका दुई गरी जम्मा एक सय ४५ जना महिलाको उपचार भइरहेको छ । यसैगरी जाजरकोटको ३८, रुकुम पश्चिमका एक सय ३४, दैलेखको तीन, जुम्लाको तीन, सल्यानको दुई, अर्घाखाँचीको एक, रोल्पाको एक, प्युठानको एक र बैतडीको एक गरी जम्मा उपचाररत पुरुषको सङ्ख्या एक सय ११ रहेको छ ।

यसमध्ये जाजरकोटका ४६, रुकुम पश्चिमको ८९, दैलेखको दुई, जुम्लाको तीन, रोल्पाको एक, प्युठानको दुई र बैतडीका तीन गरी आइतबार अपराह्नसम्म जम्मा एक सय ४६ जना डिस्चार्ज भएका छन् ।

१९ कार्तिक २०८०, आईतवार २०:५३ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्