१२ श्रावण २०८१, शनिबार

जाजरकोट भूकम्प प्रभावित पत्रकारका लागि मनोविमर्श तथा क्षमताअभिवृद्धि अभियान सुरु

कर्णाली अपडेट

जाजरकोट । जाजरकोट भूकम्पका कारण प्रभावित पत्रकारका लागि प्राथमिक मनोवैज्ञानिक सहयोग तथा क्षमता अभिृद्धि अभियान आजबाट सुरुवात गरिएको छ ।

नेपाल पत्रकार महासङ्घ जाजरकोटको संयोजन, युनेस्को काठमाडौँ, सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) र मानसिक स्वास्थ्य तथा परामर्श सेवा केन्द्र (सीएमसी) नेपालको सहकार्यमा सुरु भएको कार्यक्रममा जाजरकोटका २२ जना क्रियाशील पत्रकारको सहभागिता रहेको थियो ।

जाजरकोटपछि रुकुम पश्चिममा पनि यो कार्यक्रम सञ्चालन हुनेछ ।

भूकम्प प्रभावित पत्रकारलाई सीएमसी नेपालका मनोविद गोपाल बोहराले भूकम्पपछि शारीरिक तथा मानसिक रूपमा देखिने परिवर्तन, यस्तो अवस्थाको सामनाका लागि अपनाउनुपर्ने सावधानीलगायतका बारेमा जानकारी गराउँदै अन्तरक्रिया गर्नुभयो ।

आजको अनतरक्रियामा सहभागी पत्रकारमध्येबाट मानसिक रूपमा कम्जोर पत्रकारलाई अर्को चरणको मनोविमर्शका लागि छनोट गरिने उहाँको भनाइ छ ।

IMG_47411700837976.JPGपत्रकारहरूले भूकम्पपछि आफूहरूले गरेको अनुभव, अफ्ठेरोको बारेमा अनुभव सुनाएका   थिए । रिपोर्टिङ्सँगै उद्धारमा पनि आफूहरू खटिएको स्मरण गर्दै उनीहरूले अझैँ पनि कात्तिक १७ गतेको रातिको भूकम्पको दृश्य सम्झेर मानसिक रूपमा विक्षिप्त हुने गरेको उनीहरूले बताए ।

विपद्को समयमा फैलन सक्ने अफवाह, गलत सूचना, नियन्त्रण तथा विपद्पछिको समाचार संकलन रणनीतिको बारेमा सीआईएनका कार्यक्रम सम्पादक लिलप्रकाश चन्दले सहभागी पत्रकारसँग कार्यक्रममा छलफल गर्नुभयो ।

IMG_47441700838039.JPGभूकम्पपछि पनि पत्रकारको भूमिका महत्वपूर्ण हुने भन्दै सञ्चारमाध्यमले प्रभावित नागरिक, सरकारी तथा गैरसरकारी निकाय र सहायताकर्मीहरूलाई कसरी जोड्न सक्छन् भन्ने बारेमा उहाँले जानकारी गराउनुभयो ।

कार्यक्रममा अकोराबका केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासंघका अध्यक्ष बालकुमार शर्माले भूकम्पका कारण घरबारविहीन भएका, समाचार सङ्कलन सामग्रीमा क्षति पुगेका पत्रकारमा कामप्रतिको मोह घट्दै गएको समयमा उनीहरूका लागि प्राथमिक मनोवैज्ञानिक सहयोग र क्षमता बढाउने कार्यक्रम चलाउनु सकारात्मक रहेको धारणा राख्नुभयो ।

IMG_47961700838096.JPG

IMG_47471700838088.JPG

IMG_47461700838088.JPG

उहाँका अनुसार जाजरकोटमा भूकम्पका कारण ४६ जना पत्रकार प्रवाभित छन् । तीमध्ये जिल्लाका ५ वटा सामुदायिक रेडियोमा आबद्ध २४ जना छन् ।

भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमका पत्रकार तथा प्रभावित नागरिकलाई मनोपरामर्श तथा क्षमता अभिवृद्धि कार्यक्रम करिब १ महिना सञ्चालन हुनेछ ।

९ मंसिर २०८०, शनिबार ०६:१४ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्