१२ श्रावण २०८१, शनिबार

अस्थायी आवास निर्माणका लागि सरकारले दिने भनेको पहिलो किस्ताबापतको २५ हजार रुपैयाँ अझै पिडितले पाएनन्

सराेज वली

जाजरकोट । भूकम्पपीडितलाई अस्थायी आवास निर्माणका लागि सरकारले दिने भनेको पहिलो किस्ताबापतको २५ हजार रुपैयाँ अझै वितरण हुन सकेको छैन ।

गत आइतबारदेखि नै बैंक खाता भएका पीडितको खातामै नभएकाको हकमा हातमै नगद दिने भनिए पनि पीडितको यकिन तथ्यांक संकलनमा ढिलाइ हुँदा पीडितहरु अझै पालमा बस्न बाध्य भएका हुन् ।

सरकारले तिहारलगत्तै अस्थायी आवास निर्माणका लागि भूकम्प अति प्रभावित जाजरकोट र रुकुम पश्चिमलाई ५०-५० करोड सहित एक अर्ब ४१ करोड रुपैयाँ सम्बन्धित जिल्ला प्रशासन कार्यालयको विपत् व्यवस्थापन समितिको खातामा रकम पठाएको छ । तर अहिलेसम्म पनि पीडितले सो रकम पाउन सकेका छैनन् ।

स्थानीय विपत् व्यवस्थापन समितिले भने वडा तहबाट तथ्याङ्क संकलनमा ढिलाइ हुँदा पहिलो किस्ताबापतको २५ हजार रुपैयाँ वितरण गर्न नसकिएको जनाएको छ ।

त्रिपालको बसाइँले हाल सबैभन्दा बढी बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी तथा गर्भवती समस्यामा छन् । चिसोका कारण हालसम्म एक सुत्केरीसहित १७ जनाले ज्यान गुमाइसकेका छन् ।

व्यक्तिगत पहल र विभिन्न स्वयंसेवी संघसंस्थाबाट हालसम्म पाँच सय जति टहरा बनेका छन् ।

१३ मंसिर २०८०, बुधबार १२:१४ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्