१२ श्रावण २०८१, शनिबार

भुकम्प पिडितलाइ एकिकृत समाजवादीकाे राहत सामाग्री सहयाेग

कर्णाली अपडेट

जाजरकोट । भूकम्प पीडितलाई नेकपा (एकिकृत समाजवादी) ले सहयोग गरेको छ। जिल्ला कमिटी जाजरकोटका अध्यक्ष कमान बहादुर खड्काले २ लाख १३ हजार १ सय ८० को राहत वितरण गरेको हुन् । नलगाड नगरपालिकाका १० जना बालबालिकालाई २२ हजार ५ सय बराबरको कोरियन बल्याडकेट दिएका हुन् । त्यस्तै भेरी नगरपालिका-११ का ४० जना सुत्केरी महिलालाइ कोरियन वल्याङकेट, त्रिपाल लगाएतकाे राहत सामाग्री दिए‌को अध्यक्ष खड्काले बताए । २४ जना जेष्ठ नागरिक, फरक क्षमता भएका नागरिकलाई ३२ ओटा फाइबर सिरक यस्तै १२ जना सुत्केरीहरुको लागि उनीको स्वीटर कपडा पनि वितरण गरेकाे अध्यक्ष खड्काले बताए।

त्यसैगरि एकिकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले पनि ५ सय ५६ विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ। अनेरास्ववियूकी केन्द्रीय अध्यक्ष आरति लामा नेतृत्वको टोलिले ४ वटा विद्यालयका ५ सय ५६ विद्यार्थीलाई शैक्षिक सामग्री बितरण गरेको हो। संगठनले ५ लाख ४ सय शैक्षिक सामाग्री र १ लाख ५ हजारको खेलकुद सामाग्री-हस्तान्तरण गरेको समाजवादी पार्टी जाजरकोटका अध्यक्ष खड्‌काले बताए ।

दिपेन्द्र प्रा वि रावतगाउँका १ सय ४० विद्यार्थी, नलगाड-१ चिउरीको नेपाल राष्ट्रिय आधारभूत विद्यालयका १ सय १८ विद्यार्थी, भेरीको बडा नं. १ मा रहेको दुर्गा आधारभूत विद्यालयका १ सय ७२ जना र नवज्योति प्रावि कटिगाउँका ९९ जना विद्यार्थीलाई राहत सामग्री वितरण गरिएको हो।

१४ मंसिर २०८०, बिहीबार १३:५१ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्