१९ मंसिर २०८२, बिहीबार

अस्थायी आवास बनाउन शिवालय गाउँपालिकाको कोषमा ८ करोड २७ लाख

सराेज वली

जाजरकाेट । गत कार्तिक १७ गते राती जाजरकोटको बारेकोट गाउँपालिका वडा नं १ रामीडाँडालाई केन्द्रविन्दु बनाएर गएको भुकम्पबाट प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता वापतको ८ करोड २७ लाख २५ हजार रकम शिवालय गाउँपालिकाको स्थानीय विपद जोखिम न्यूनिकरण तथा ब्यवस्थापन कोषमा पठाइएको छ ।

निमित्त प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्माका अनुसार शिवालय गाउँपालिकाले लाभग्राही कायम गरेर जिल्ला विपद व्यवस्थापन समितिमा पठाएको हुदा पहिलो किस्ता वापतको रकम सम्वन्धित पालिकाको स्थानीय विपद जोखिम न्यूनिकरण तथा ब्यवस्थापन कोषमा रकम पठाएको बताए ।

शिवालय गाउँपालिकाकाको स्थानीय जोखिम न्यूनीकरण तथा ब्यवस्थापन समितिबाट पहिचान कायम र स्वीकृति भै आएका ३ हजार ३ सय ९ लाभग्राहीहरुलाई अस्थायी आवास निर्माण अनुदान अन्तर्गत प्रथम किस्ता वापतको २५ हजारका दरले हुन आउने ८ करोड २७ लाख २५ हजार रकम पालिकामा पठाइएको हो ।

१५ मंसिर २०८०, शुक्रबार १०:३९ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
news.karnaliupdate@gmail.com
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्