१२ श्रावण २०८१, शनिबार

छा–याँ नेपाल द्धारा जाजरकोट र रुकुम पश्चिमका भुकम्प पिडितलाई ५० लाख बढीको राहत वितरण

कर्णाली अपडेट

जाजरकोट । छा–याँ नेपाल काठमान्डौंले जाजरकोट र रुकुम पश्चिमका भुकम्प पिडित परिवारलाई राहत साम्राग्री सहयोग गरेको छ । गत कार्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका वडा नं १ रामीडाँडालाई केन्द्रविन्दु बनाएर आएको भुकम्पले जाजरकोट लगाएत छिमेकी जिल्ला रुकुम पश्चिममा ठुलो मात्रामा धनजनको क्षति भएको थियो ।


छा–याँ नेपाल काठमान्डौंले भुकम्प बाट अतिनै प्रभावित क्षेत्र जाजरकोटको नलगाड नगरपालिका वडा नं १ चिउँरी, कल्पत नलगाड ७ दल्ली, नलगाड ६ थाप्ला बारेकोट गाउँपालिका वडा नं १ त्यसैगरि रुकुम पश्चिमको आठविसकोट नगरपालिका १४ को छेपारेमा रहेका करिव १ हजार २ सय ५५ घरधुरीलाई खाद्यान्न, त्रिपाल, न्यानो कपडा, ब्लाङ्गकेट, विद्यार्थीका लागि झोला लगाएत करिव ५० लाख बराबरको राहत सामाग्री वितरण गरिएको छाँ–या नेपाल कर्णालीका प्रदेश टिम लिडर मीन बहादुर रावलले जानकारी दिए । छा–याँ नेपाल  संस्थाले  शिक्षा, स्वास्थ्य, खानेपानी सरसफाइ तथा स्वच्छता, महिला शशक्तिकरण, जिवीकोपार्जन, र मानवीय सहायताका क्षेत्रमा कार्य संचालन गर्दे आएको र   दैवीप्रकोपमा परेका समुदाय बालबालिकाहरुको क्षेत्रमा काम गर्दै आएको छ ।

अवको एक हप्ता भित्र नबजात शिुशुका आमा तथा गर्भवति महिलालाई बिषेश प्रथामिकतामा राखि पौष्टिक आहार तथा न्यानो कपडा वितरण र सुरक्षित खानेपानीको प्रत्याभुतिका लागि फिल्टर वितरण गरिने छ साथै भुकम्प प्रभावित क्षेत्रमा शिक्षा तथा स्वास्थ्य क्षेत्रको पुन: निमार्णमा समेत कार्य गर्ने मिन बहादुर रावल जनाए।

१५ मंसिर २०८०, शुक्रबार १८:५३ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्