१२ श्रावण २०८१, शनिबार

भुकम्प प्रभावित क्षेत्र, जाजरकोटमा ३२ औं अन्तर्रास्ट्रिय अपाङ्ग दिवस

भिम खड्का

जाजरकोट। नलगाड नगरपालिका वडा नं. ४ पिपलचौरमा रहेको जनता आधारभुत बिद्यालय र भेरीनगरपालिका वडा नं. ६ को लक्ष्मी माविमा भुकम्पले प्रभावित बिद्यार्थी, शिक्षक र सरोकारवाल निकाय बिच दिगो विकास लक्ष्य प्राप्तिको प्रतिवद्धता, अपाङ्गता भएका ब्यक्तिको अपनत्व र नेतृत्व सहितको प्रतिबद्धता भन्ने राष्ट्रिय नाराका साथ ३२ औ अन्तर्राष्ट्रिय अपाङ्ग दिवस आज भेरी र नलगाड नगरपालिकामा मनाईएको छ ।

अपाङ्ग दिवसको अवसरमा भेरी नगरपालिका वडा ६ मा रहेको लक्ष्मी माध्यामिक विद्यालयमा अध्ययनरत १२ जना अपाङ्गता भएका बालबालिकाहरुलाई न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरिएको छ । कार्यक्रम भेरी नगरपालिका र पाँचतारा युवा संरक्षक मञ्च पहुँच वृद्धि परियोजना मार्फत सम्पन्न भएको थियो । कार्यक्रममा भेरी नगरपालिकाका उप प्रमुख सुनिता जैशी नगर शिक्षा शाखा प्रमुख अमृत बहादुर पुन प्रा.स. चित्र बहादुर वली पाँचतारा युवा संरक्षक मञ्च पहुँच वृद्धि परियोजना परियोजना संयोजक गगन खड्का र विद्यालय व्यबस्थापन समितिका अध्यक्ष सम्पूर्ण शिक्षक , शिक्षक र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

त्यसै गरी नलगाड नगरपालिका वडा न ४ मा रहेको जनता प्राथमिक विद्यालयमा २२ जना अपाङ्गता भएका बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । कार्यक्रम पाँचतारा युवा संरक्षक मञ्च पहुँच वृद्धि परियोजना मार्फत सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला समन्वय समितिका पूर्व समन्वय प्रमुख मन बहादुर रावत पाँचतारा युवा संरक्षक मञ्चका उपाध्यक्ष आशा कार्की विद्यालय सम्पूर्ण शिक्षक , शिक्षक र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गर्दै नगर उप प्रमुख सिता जैशीले हरेक बर्ष अपांगता भएका ब्यक्ति हरुलाई नगरपालिका सहयोगका कार्यक्रम, लगाएत हरेक बन्ने संरचना अपाङ्गमैत्री बनाउनको लागि काम गर्ने बताउनु भएको छ । कार्यक्रममा संस्थाका उपाध्यक्ष आशा कार्कीले संस्थाले पहुँच वृद्धि परियोजना मार्फत भेरी र नलगाड नगरपालिका भित्र रहेका अपाङ्गता भएका व्यक्तिहरुका लागि विभिन्न क्रियाकलापहरु सञ्चालन गरिरहेको बतासनु भयो । स्थानीय सरकारसँग सहकार्य र समन्वय गरेर अगाडि बढाउने पनि बताउनु भयो ।

१८ मंसिर २०८०, सोमबार १९:१६ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्