३ फाल्गुन २०८२, आईतवार

रुकुम पश्चिमको सोती घटना प्रकरण : थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला

कर्णाली अपडेट

जाजरकाेट । रुकुम पश्चिमको सोती घटना प्रकरणमा थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला सुनाएको छ । रुकुम जिल्ला अदालतले थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला सुनाएको हो । यस्तै अदालतले ८ जनालाई सफाइ दिएको छ ।

रुकुम जिल्ला अदालतका न्यायाधीश खड्क बहादुर केसीको इजलासले नवराज विककी प्रेमिका, प्रेमिकाकी आमा र भाइलाई जातीय छुवाछुतमा दोषी ठहर गरेको छ ।

२०७७ जेठ १० गते रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका वडा नम्बर ८ सोतीमा नवराज विकसहित ६ जना किशोर तथा युवाको हत्या भएको थियो । प्रेमिका लिन भनी जाजरकोटबाट रुकुम पश्चिम गएका किशोर नवराज विक तथा उनका साथीहरूको समूहलाई सोतीका स्थानीय बासिन्दाहरूले कुटपिट गरी भेरी नदीमा बगाई हत्या गरेको आरोपमा नेपाल सरकारले ३४ जनालाई मुद्दा चलाएको थियो । ३४ जनालाई प्रतिवादी बनाएर कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुतको कसुरमा मुद्दा दायर भएको थियो ।

२०७७ साल जेठ ३२ गते रुकुम जिल्ला अदालतमा दर्ता भएको मुद्दामा प्रतिवादीको सङ्ख्या बढी हुँदा सुनुवाइमा लामो समय लागेको हो । मुद्दा दर्ता भएको ३६ महिनापछि उक्त मुद्दामा आइतबारदेखि निरन्तर सुनुवाइ गरी मंगलबार फैसला आएको हो ।

१९ मंसिर २०८०, मंगलवार १८:४४ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
news.karnaliupdate@gmail.com
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्