१२ श्रावण २०८१, शनिबार

भुकम्पमा परि मृत्यु भएका परिवारलाइ बिमा दावी रकम भुक्तानी

भिम खड्का

जाजरकाेट । जाजरकोट जिल्लाको रामीडाडा लाई केन्द्रबिन्दु बनाइ कार्तिक १७ गते आएको बिनासकारी भुक्मपमा परि मृत्यु भएकी भेरी नगरपालिका १ कि तस्वीरि रानाको परिवारलाइ बिमा बापतको १ लाख ६३ हजार बीस रुपैया दावी रकम भुक्तानी गरेको छ । भेरि नगरपालिका १ को वडा कार्यलयमा आयोजित एक कार्यक्रम बिच वडा नम्बर १ का वडाध्यक्ष दिपक रानाको हातबाट सिटिजन लाइफ इन्स्योरेन्स जाजरकोट शाखाका शाखा प्रमुख गोबिन्द बुढाले बिमीत तस्बिरी राना कि छोरी तिला राना लाई चक हस्तान्तरण गर्नु भएको हो । कार्यक्रम मा बोल्दै अध्यक्ष रानाले बिपती र जोखिम को सामना गर्न को लागि बिमा गर्नु को विकल्प नभएकोले सबै ले आफ्नो क्षमता अनुसारको बिमा गर्नु पर्ने बताउनु भयो । सिटिजन लाइफ ले भुकम्पमा परि मृत्युु भएका ग्राहक लाई घरघरमा पुगेर दावी भुक्तानी गरेको , आफन ग्राहकहरु पर्ती उत्तरदायी भइ समयमै दावी भुक्तानी लगायतका सेवाहरुप्रवाह गरिरहेको जाजरकोट शाखा प्रमुख गोबिन्द बुढाले बताउनु भयो ।

 

२४ मंसिर २०८०, आईतवार २०:०२ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्