१ आश्विन २०८१, मंगलवार

हिमचुली सहकारी संस्थाको १२औं वार्षिक साधारण सभा सम्पन्न

कर्णाली अपडेट

जाजरकोट । हिमचुली बचत तथा रिण सहकारी संस्थाले १२औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
सभामा संस्थाका सदस्य सचिव क्षेत्र बहादुर घर्तिले संचालक समितीको तर्फबाट आ.व. २०७९÷०८० को वार्षिक प्रगति प्रतिवेदन तथा आ.व. २०८०÷०८१ को लागि नीति तथा कार्यक्रम, लक्ष्य र बजेट प्रस्तुत गरेका थिए । संस्थाको आर्थिक वर्ष ०७९÷०८० मा सेयर पुँजीतर्फ ७ लाख  ५९ हजार  २ सय रूपैयाँ कायम हुन गएको उल्लेख गरिएको छ ।

संस्थाले बचत तर्फ   २ लाख ३ हजार ५ सय ४४ रुपैयाँ संकलन गरेको बताउँदैे वार्षिक कारोबार १ करोड ६ लाख  ७२ हजार ६ सय ९९ रुपैया पु¥याउन सफल भएको जनाएको छ । त्यसै गरी संस्थाको जगेडा कोष तथा अन्य कोष गरी जम्मा १ लाख २८ हजार ८ सय १३ रूपैयाँ रहेको जनाएको छ ।
त्यस्तै गरि सभामा संस्थाका अध्यक्ष नबराज शाहीले सञ्चालक समितिको तर्फबाट राज्यको तीन खम्बे अर्थ नीतिमध्ये एक खम्बा सहकारी क्षेत्र रहेकोले राज्यको आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्यका साथ संस्था अगाडि बढ्नु पर्नेमा उनले जोड दिए ।


आधुनिक प्रविधिलाई अधिकतम सदुपयोग गर्दै सेवा प्रदान गर्ने, धितो निरिक्षण तथा मूल्याङ्कन, प्राविधिक, आन्तरिक लेखापरीक्षक कानूनी परामर्शदाताको व्यवस्था गर्ने लक्ष्य लिएको बताएका छन ।


साथै आगामी दिनमा संस्थाले सदस्यता घरदैलो, सहकारी शिक्षा र वित्तीय साक्षरता कार्यक्रम सञ्चालन, बचतकर्ताहरुलाई विभिन्न प्रकारको बीमा योजनासँग आवद्ध गराइने पनि सभामा जानकारी दिइयो । यसका साथै युवा स्वरोजगार कोष, राष्ट्रिय सहकारी बैंक र अन्य बैंक तथा वित्तीय संस्थाबाट सस्तो ब्याजमा ऋण ल्याई सदस्यहरुलाई कर्जा प्रवाह गरिने अध्यक्ष शाहीको भनाई रहेको छ ।

२८ मंसिर २०८०, बिहीबार १८:४४ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्