१२ श्रावण २०८१, शनिबार

बङ्गलादेशले अफगानिस्तानलाई ७ विकेटले हरायाे

कर्णाली अपडेट

अफगानिस्तानसँगको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट बङ्गलादेशले ७ विकेटले जितेको छ ।

अफगानिस्तानले दिएको १ सय २७ रनको सामान्य लक्ष्य बङ्गलादेशले २३ ओभर ३ बलमा ३ विकेट गुमाएर भेटायो । बङ्गलादेशका लिटन दासले नटआउट ५३ र शाकिब अल हसनले ३९ रन बनाए । बलिङतर्फ अफगानिस्तानका फजलहक फरूकीले २ विकेट लिए ।

यसअघि चटगाउँमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तान ४५ ओभर २ बलमा १ सय २६ रन बनाउँदा अलआउट भयो । अफगानिस्तानका अजमतुल्लाह ओमरजाईले सर्वाधिक ५६ रन बनाए । बलिङतर्फ बङ्गलादेशका शरिफुल इस्लामले ४ तथा तस्किन अहमद र तैजुल इस्लामले २/२ विकेट लिए ।

३ खेलको एकदिवसीय शृङ्खला अफगानिस्तानले यसअघि नै जितिसकेको छ । यी दुई देशबीच दुई खेलको टी–२० शृङ्खला पनि हुँदैछ ।

२७ असार २०८०, बुधबार १८:२८ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्