१२ श्रावण २०८१, शनिबार

मैत्रीपूर्ण महिला फुटबलको पहिलो खेलमा आज नेपाल र बङ्लादेश खेल्दै

कर्णाली अपडेट

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला फुटबलको पहिलो खेलमा आज नेपालले घरेलु टोली बङ्लादेशसँग खेल्दैछ ।

नेपाल र बङ्लादेशबीचको खेल ढाकाको मोहम्मद मुस्तफा कमल रङ्गशालामा बेलुका सवा ५ बजे सुरु हुनेछ । गएको वर्ष भदौमा काठमाण्डौमा सम्पन्न साफ च्याम्पियनसिपको फाइनलपछि नेपाल र बङ्लादेशले एक अर्काबीच मैत्रीपूर्ण दुई खेल खेल्न लागेका हुन् ।

पहिलो पटक साफ च्याम्पियनसिपको उपाधि जित्दा बङ्लादेशले नेपाललाई ३–१ गोलले हराएको थियो । नेपालले अहिलेसम्म साफ च्याम्पियनसिपको उपाधि जित्न सकेको छैन । मैत्रीपूर्ण खेलका लागि तयार रहेको दुवै टोलीका प्रशिक्षक र कप्तानले बताएका छन् ।

खेलअघि हिजो भएको पत्रकार सम्मेलनमा नेपाली टोलीका मुख्य प्रशिक्षक अनन्त थापाले आजको खेल प्रतिस्पर्धात्मक हुने बताएका छन् । त्यस्तै, बङ्लादेश मुख्य प्रशिक्षक मोहबुबुर रहमन लिटुले साफ च्याम्पियनसिपको फाइनलमा आफूहरुले हराएको भए पनि नेपाल बलियो टोली रहेको र खेल प्रतिस्पर्धात्मक हुने बताएका छन् ।

नेपाल र बङ्लादेशबीच दोस्रो मैत्रीपूर्ण खेल आइतवार हुनेछ ।

२८ असार २०८०, बिहीबार १२:३० मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्