२७ बैशाख २०८१, बिहीबार

जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट क्षतिग्रस्त स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा

कर्णाली अपडेट

काठमाडौं । सरकारले गत कात्तिक १७ गतेको भूकम्पबाट प्रभावित जाजरकोट र रुकुम पश्चिमका स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भनिन्, ‘कात्तिक १७ गते जाजरकोटलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो, त्यस भूकम्पबाट क्षतिग्रस्त गाउँपालिकालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय भएको छ ।’

उनका अनुसार मन्त्रिपरिषद् बैठकले भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाललाई इन्टरनेशनल मेयर अवार्ड ग्रहण गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ ।

१४ फाल्गुन २०८०, सोमबार १९:०९ मा प्रकाशित
Nabintech