१५ जेष्ठ २०८१, मंगलवार

टी-२० सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने

कर्णाली अपडेट

काठमान्डाैं । टी-२० त्रिकोणात्मक सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुने भएको छ। आइतबार भएको नेदरल्यान्ड्स र नामिबियाविरुद्धको खेल वर्षाले विथोलिएपछि फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने भएको हो।

आइतबार नामिबिया र नेदरल्यान्ड्सबीचको खेल पहिलो इनिङ्ग्सको १५ ओभर सकिदा वर्षाले रद्द भयो। पहिले ब्याटिङ गरेको नामिबियाले १५ ओभरमा ४ विकेटको क्षतिमा ९८ रन जोड्दा खेल वर्षाले रोकिएको थियो।

त्यसपछि खेल सम्भव नभएपछि दुवै टोलीले एक–एक अङ्क बाँडेका हुन्। ४ खेलपछि नेदरल्यान्ड्स ५ अङ्कसहित शीर्ष स्थानमा रह्यो। नेपाल ४ अङ्कसहित दोस्रो स्थानमा छ। नामिबिया ३ अङ्कसहित तेस्रो स्थानमा सीमित बनेको छ। ।

२० फाल्गुन २०८०, आईतवार १५:११ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्