१२ श्रावण २०८१, शनिबार

भूकम्पपछि सहयोग गर्ने विभिन्न संघ संस्था तथा व्यक्तिलाई भेरी नगरपालिकाकाे सम्मान

कर्णाली अपडेट

जाजरकोट । भेरी नगरपालिकाले भूकम्पपछि सहयोग गर्ने विभिन्न संघ संस्था तथा व्यक्तिलाई सम्मान गरेको छ । जाजरकोटको रामिडाँडा केन्द्रविन्दु बनाएर गत कात्तिक १७ गते गएको भूकम्पपछि उद्धार, राहत र पुनर्निर्माणमा आ-आफ्नो क्षेत्रबाट सहयोग पुर्याउने ९५ वटा संस्था तथा व्यक्तिलाई नगरपालिकाले सम्मान गरेको हो ।

भूकम्पपछि नगरपालिका भित्र योगदान पुर्याउने कर्णाली आवाज सहित जिल्लामा क्रियाशिल मिडिया, संस्था तथा व्यक्तिलाई प्रमाणपत्र सहित सम्मान गरिएको छ । अप्ठ्यारो परिस्थितिमा सहयोग गरेर अतुलनीय योगदान पुर्याउनु भएको छ, सम्मान कार्यक्रममा बोल्दै नगरप्रमुख सिपी घर्तीले भने ‘उहाँहरुको सहयोगको उच्च मुल्यांकन गर्दै यो सम्मान गरेका छौं ।’

भूकम्प पछिको बाकी काम संगै विभिन्न समयमा आइपर्ने अन्य संकटहरुमा पनि आफुहरुले सहयोगी निकायबाट सोही किसिमको सहयोगको अपेक्षा गरेको नगरप्रमुख घर्तीको भनाई छ ।

२३ फाल्गुन २०८०, बुधबार ०८:०४ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्