१२ श्रावण २०८१, शनिबार

एकीकृत समाजवादीबाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री बन्ने

कर्णाली अपडेट

काठमाडौँ ।  माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीबाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री बनेका छन् । एकीकृत समाजवादीले जोशीलाई संघीय मामिला तथा सामान्य प्रशासन र बुढालाई सहरी विकास मन्त्रालयमा पठाउने निर्णय गरेको हो । यसअघि बुधबार दिउँसो बसेको पार्टी सचिवालय बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालसँग वार्ता गर्न र मन्त्री छान्ने अध्यक्ष नेपाल र महासचिव घनश्याम भुसालसहितको कार्यदल बनाएको थियो ।

प्रधानमन्त्री दाहालसँग बालुवाटारमा छलफलपछि एकीकृत समाजवादी मन्त्रीहरुको टुंगो लगाएको हो । प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापतिसमेत रहेका जोशी बझाङबाट निर्वाचित सांसद हुन् । यस्तै बुढा डोल्पाबाट निर्वाचित सांसद हुन् ।

जोशी यसअघि वनमन्त्री भइसकेका छन् भने बुढा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बनेका थिए । नवनियुक्त मन्त्रीहरुले आजै शपथ लिनेछन् ।

२३ फाल्गुन २०८०, बुधबार १८:४१ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्