१२ श्रावण २०८१, शनिबार

जाजरकोटमा अन्डर—१९ भलिबल कप सञ्चालन हुने

कर्णाली अपडेट

जाजरकोट । जाजरकोटमा अन्डर—१९ भलिबल कप सञ्चालन हुने भएको छ । आगामी चैत्र २४ गतेदेखि सदरमुकाम खलंगामा सहिद स्मृति यूवा क्लवको आयोजनामा कप सञ्चालन हुने भएको हो ।

सहिद स्मृति यूवा क्लवले प्रथम सहिद विदुर स्मृति यू —१९ भलिवल कप सञ्चालन गर्न लागेको आयोजक क्लवका अध्यक्ष प्रेमबहादुर विकले बताए । शनिवार खलंगामा पत्रकार सम्मेलनको आयोजना गरी कप सञ्चालन बारे जानकारी गराईएको छ । जिल्लाको खेल क्षेत्रमा टेवा पुर्याउने हेतुले कपको आयोजना गरिएको विकको भनाई छ ।

कप सञ्चालनका लागि धेरै तयारी पुरा भएको सञ्चालन समितिका संयोजक विवश विक्रम शाहले बताए । कपमा प्रथम, द्धितीय र तृतीय हुनेलाइ  क्रमस ५० हजार, ३५ हजार, २५ हजार कप, मेडल र प्रमाण पत्र दिइने छ ।

१८ चैत्र २०८०, आईतवार ११:३६ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्