६ जेष्ठ २०८१, आईतवार

रुकुम पश्चिमकाे सदरमुकाम खलङ्गामा खानेपानीकाे अभाव

कर्णाली अपडेट

रुकुम पश्चिम  । रुकुम पश्चिमको सदरमुका खलङगामा ५ वटा मुहानको पानी आपुर्ती हुदै आएको छ । मुसीकोट खानेपानीे उपभोक्ता तथा सरसफाई समितिले मुसीकोट नगरपालिकाकाको विभिन्न ठाउँमा पाँच वटा मुहानको पानी वितरण गरेको भए पनि खंलगा बजारमा खानेपानी भने अभाव हुदै आएको छ ।

अहिले पानाखोला, घिउखोला, टिम्मुरखोला, लहाराभिजाउने र सिदुरीखोलाबाट सदरमुकामका विभिन्न ठाउँमा खानेपानी वितरण भैरहेको छ । पानाखोला र घिउखोला मुहानको पानी खंलगा बजार र शेरीगाउँ, टिम्मुरखोलाको पानी सल्लेमा वितरण भैरहेको भए पनि त्यो मुहानको पानी बैशाख र जेठ महिनामा अपुग हुने गरेको मुसीकोट खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष टोपबहादुर नेपालीले जानकारी दिए ।

टिम्मुरखोलाको पानी सल्लेलाई मात्र वितरण गर्ने गरिएको भए पनि खंलगा बजारमा खानेपानीको समस्या हुने भएकाले त्यो मुहानको पानी पनि खंलगामा वितरण गर्ने गरिएको अध्यक्ष नेपालीले बताए । घिउखोलामा साढे ३ लाख लिटरको ट्याङ्की भए पनि त्यो ट्याङकीमा पुरा पानी नहुने भए पछि टिम्मुरखोला मुहानको पानी पनि घिउखोलाको ट्याङ्कीबाट वितरण गर्ने गरिएको छ ।

मुसिकोट नगरपालिकाको खंलगा बजार, पातुखोला, बागवजार, शेरीगाँउ, सल्ले लगायत ठाउँमा अहिले खानेपानीको समस्या दिनदिनै बढ्दै गएको छ । ‘सदरमुकामका विभिन्न ठाउँमा खानेपानीको समस्या बढ्दै गएको छ, हामिले खानेपानि पुर्यायने कोशिस गरिरहेका छौ, तर मुहान सुकेकै कारण पानी आपुति सहज हुन सकेको छैन ।’ अध्यक्ष नेपालीले भने ।

मुसिकोट खानेपानी तथा सरसफाई उपभोक्ता समितिले लहरा भिजाउने र सिदुरीखोलाको पानी बागवजार र शेरीगाउँमा वितरणको तयारी थालेको छ । रावलवारामा पानिट्याङकी निर्माण गरेर बागवजार र शेरीगाउँमा पानी वितरण गरिए खंलगा वजारमा खानेपानीको आपुर्ति सहज हुने समितिले जनाएको छ ।

उपभोक्ता भने खानेपानीको समस्या भएको भन्दै आक्रोस पोखिरहेका छन् । विहान र बेलुका थोरै समय धारामा पानी आउने गरेको मुसीकोट– खंलगामा बस्दै आउनु भएका टिकाराम देवकोटाले जानकारी दिए ।

‘खानेपानीको समस्या देखिएको छ, विहान र बेलेका धारामा नियमित पानी आउने गरेको भए पनि आज भोली भने प्रयाप्त मात्रामा पानीनै आउदैन ।’, उनले भने । उनका अनुसार आलोपालो गरेर पानी आउने गरेको छ ।

एक दिनको फरकमा धारामा पानी आउने गरेको देवबहादुर ओलीले जानकारी दिनुभयो । वजार क्षेत्रमा खानेपानीको निकै समस्या भएको छ । सरोकारवाला निकायले पनि चासो नदिएको जस्तो देखिन्छ । यो बर्ष मात्र होई प्रत्यक बर्ष यो सिजनमा यस्तै खानेपानीको समस्या हुने गरेको छ ।

खंलगाबजार बासीले सहिदमैदानमा रहेको मुहानबाट पानी ल्याएर प्रयोग गर्ने गरेका छन् । प्रयाप्त पानी आपुर्ती नहुदा खंलगामा होटल व्यवसाय गर्नेहरु बढि मारमा परेका छन् ।

२५ बैशाख २०८१, मंगलवार १७:३४ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्