१२ श्रावण २०८१, शनिबार

पञ्जावमाथि रोयल च्यालेन्जर्स बैंगलुरु ६० रनले विजयी

कर्णाली अपडेट

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले पञ्जाव किंग्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बैंगलुरुले पञ्जावलाई ६० रनले पराजित गरेको हो ।

बैंगलुरुले दिएको २४२ रनको लक्ष्य पछाएको पञ्जाव किंग्स १७ ओभरमा १८१ रन बनाएर अलआउट भएको थियो ।

यसअघि पहिला ब्याटिंग गरेको बैंगलुरुले २० ओभरमा ७ विकेट गुमाउदै २४१ रन बनाएको थियो । बैंगलुरुका लागि विराट कोहलीले सर्बाधिक ९२ रन बनाएका थिए ।

यो जितपछि रोयल च्यालेन्जर्स बैंगलुरुको १३ खेलमा १० अंक भएको छ र अंक तालिकामा आठौँ स्थानमा रहेको छ । त्यस्तै पञ्जावको भने यो हारपछि प्लेअफको सम्भावना समाप्त भएको छ । १२ खेलमा ८ अंक रहेको पञ्जाव अंक तालिकामा नवौं स्थानमा झरेको छ ।

यसका साथै यस सिजनमा मुम्बई इण्डियन्सपछि पञ्जाव किंग्स प्लेअफको दौडबाट बाहिरिएको छ ।

२८ बैशाख २०८१, शुक्रबार ०७:४८ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्