१२ श्रावण २०८१, शनिबार

सल्यानमा श्रीमान श्रीमती मृत फेला,

कर्णाली अपडेट

सल्यान । सल्यानमा श्रीमान श्रीमती मृत अवस्थामा फेला परेका छन ।

जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ४ देउलीमा श्रीमान श्रीमती मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ छ । अन्दाजी ३४ वर्षीय मनोज बुढा झुन्डीएको अवस्थामा र उनकी श्रीमती अन्दाजी ३२ वर्षीया कमला बुढाको टाउको काटिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यलय सल्यानका प्रहरी निरिक्षक भवानी प्रसाद धमलाले बताए ।

उक्त घटना श्रीमानले श्रीमतीको हत्यापछि आफूले पनि आत्महत्या गरेको जस्तो देखिएको उनले बताए । मनोज आफ्नै घर पछाडी झुण्डिएको अवस्थामा फेला परेका छन् भने कमलाको घाँटीमा धारिलो हतियार प्रयोग भै शरीर एकातिर र टाउको तसलामा रहेको अवस्थामा देखिएको उहाँको भनाई छ । घटनाको अनुसन्धान गर्नको लागि प्रहरी प्रमुख डिएसपी नविक कार्कीको नेतृत्वमा घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान भैरहेकाे छ ।

३० बैशाख २०८१, आईतवार ११:०६ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्