१२ श्रावण २०८१, शनिबार

कांग्रेसले ‘आत्महत्या’ गर्छु भनेपनि समिति गठन हुँदैन : एमाले

कर्णाली अपडेट

काठमाडौँ । संसद्को अवरोध खुलाउने प्रयासस्वरुप सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरुसँगको बैठकमा पनि सत्तापक्ष र प्रतिपक्ष अडानबाट टसमस नभएपछि विना निष्कर्ष सकिएको छ ।

आइतबार सिंहदरबारमा भएको छलफलमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय समिति गठनको माग दोहोर्‍याएको थियो भने सत्तापक्षले कांग्रेसको माग कुनै हालतमा पुरा नहुने जवाफ दिएको थियो ।

‘प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले उठाएको विषय कानुनसम्मत छैन । कांग्रेसले समितिका नाममा सरकार माग गरेको हो’, एमाले प्रमुख सचेतक महेश बर्तौलाले सभामुखसँगको छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै भने, ‘यो माग पुरा गर्न असम्भव छ ।’

उनले नेपाली कांग्रेसले आत्महत्या नै गर्छु भनेपनि माग पुराहुनेवाला नभएको भन्दै कांग्रेसको मागअनुसार गए सहकारी पीडितले न्यायसमेत नपाउने दाबी गरे ।

उनले नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपतिले मंगलबार संसद्का दुवै सदनको बैठक बोलाएको भन्दै त्यो बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुने बताए ।

३० बैशाख २०८१, आईतवार १६:१३ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्