१२ श्रावण २०८१, शनिबार

श्रीज्योति फाउन्डेसनद्धारा भुकम्प प्रभावित छात्रालाई छात्रवृत्ति

कर्णाली अपडेट

जाजरकाेट ।  श्रीज्योति फाउन्डेसनले भुकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिमका भूकम्प प्रभावित छात्राहरू लाई छात्रवृत्ति वितरण गरेको छ ।

फाउन्डेसनले गैर(आवासीय नेपाली संघको सहयोगमा आइतबार जाजरकोट र रूकुम पश्चिमका तीन(तीन पालिकाका १५ जना छात्रालाई छात्रवृत्ति वितरण गरेको हो । गैरआवसिय जाजरकोटको भेरी नगरपालिका(१ रिम्नामा आयोजित कार्यक्रममा जाजरकोटको बारेकोट गाउँपालिकाका ३, नलगाड नगरपालिकाका २ र भेरी नगरपालिकाका ४ बालिकालाई छात्रवृत्ति वितरण गरिएको अध्यक्ष ज्योति कटुवालले बताइन ।

त्यसैगरि रूकुम पश्चिमको आठबीसकोट नगरपालिकाका २, सानीभेरी गाउँपालिकाका २ र चौरजहारी नगरपालिकाका २ छात्राहरूलाई वार्षिक छात्रवृत्ति वितरण गरिएको उनको भनाई छ । १५ जना छात्राहरूलाई स्कुल पोशाक, स्टेशनरी सामाग्री वितरण गरिएको थियो । छात्रवृत्ति वितरण कार्यक्रममा भेरी नगरपालिकाका उपमेयर सीता जैसीले भूकम्पमा अभिभावक गुमाएका, अति विपन्न बालबालिकाहरूलाई छात्रवृत्ति वितरण गरिएको भन्दै यसलाई निरन्तरता दिन आग्रह गरिन् । उनले फाउन्डेसनले छनोट गरेका बालिकाका अभिभावकहरूलाई नगरपालिकामार्फत आयआर्जनको कार्यक्रम दिइने बताइन् ।

अति आवश्यक ठाउँमा सहयोग पुगेको छ, यो सहयोग उच्च शिक्षा अध्ययनसम्म कायम रहोस्,उनले भनिन्, नगरपालिकाबाट हुने सहयोग गर्न हामी तयार छौं । जनज्योति मावि आठवीसकोट रूकुम पश्चिमका प्रधानाध्यापक मन्जुदेवी खड्काले स्कुल पोशाक र लेख्नका लागि कापी र कलमसम्म नपाउँदा धेरै बालबालिका पढ्नबाट बन्चित रहेको बताइन् । भुकम्पपछि त रूकुम र जाजरकोटमा यो ठूलो समस्या बनेको छ, उनले भनिन्, संकटका बेला ज्योति फाउन्डेसनको सहयोग धेरै महत्वपूर्ण छ ।

फाउन्डेसनका अध्यक्ष कटुवालले १० कक्षासम्म छात्राहरूलाई निरन्तर सहयोग गर्ने बताइन् । उनले छात्रवृत्ति दिइएका छात्राहरूको स्वास्थ्य विमाको जिम्मेवारी पनि फाउन्डेसनले लिने बताइन् । उनले फाउन्डेसनको स्थापना लगत्तै जाजरकोट केन्द्रविन्दू बनाएर भुकम्प गएकाले तत्काल जाजरकोट र रूकुम पश्चिमका छोरीहरूलाई सहयोग गरिएको बताउँदै आगामी दिनमा कर्णाली अरू जिल्लाहरूमा पनि छोरीहरूका लागि कार्यक्रम सन्चालन गरिने बताइन् ।

३० बैशाख २०८१, आईतवार १६:५७ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्